You are currently viewing प्रधानमन्त्री पदको राजीनामा स्वीकृत भएपछि केपी ओली बालुवाटारबाट बाहिर

प्रधानमन्त्री पदको राजीनामा स्वीकृत भएपछि केपी ओली बालुवाटारबाट बाहिर

२४ भाद्र,२०८२ः प्रधानमन्त्री पदको राजीनामा स्वीकृत भएपछि केपी शर्मा ओली बालुवाटारबाट बाहिरिनु भएका छन ।  आजै पठाएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि उनी बालुवाटारबाट बाहिरिएका हुन्।हिजोदेखि शुरू भएको जेन जीु युवा पुस्ताको आन्दोलन चर्किएपछि ओलीले राष्ट्रपति पौडेललाई राजीनामा बुझाएका हुन् । ओली गएको वर्ष असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

जेन जी प्रदर्शनमा भएको अत्यधिक बल प्रयोग र एकैदिनमा ठूलो सङ्ख्यामा मानिसहरू मारिएपछि विपक्षीसहित सत्ता साझेदार कांग्रेसका नेताहरूले समेत प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । चार जना सङ्घीय मन्त्रीले सरकार छोडेपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्।

जेन जी प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र नागरिक सरकारको माग गरेका छन् । स्वतःस्फूर्त रूपमा भएको युवा पुस्ताको आन्दोलनमा व्यापक बल प्रयोग हुँदा हिजो १९ जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply