You are currently viewing प्रशासकिय अधिकृत गुरागाईंलाई रोक्न बालेन प्रहरी असफल,उपप्रमुख,वडाध्यक्ष र कर्मचारीले कार्यालय भित्र जवरजस्ती छिराएपछि…..

प्रशासकिय अधिकृत गुरागाईंलाई रोक्न बालेन प्रहरी असफल,उपप्रमुख,वडाध्यक्ष र कर्मचारीले कार्यालय भित्र जवरजस्ती छिराएपछि…..

चैत्र २१,काठमाण्डौं : महानगरपालिकाका वडाध्यक्ष,उपप्रमुख र कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराएका छन्। बिदामा राखिएका अधिकृतलाई जबर्जस्ती हाजिर गराउँन खोजेपछि मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्ने प्रयास गरेका थिए। तर, वडाध्यक्ष र कर्मचारीहरूले सुरक्षा घेराले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय प्रवेश गराएका हुन्।

५ महिनादेखि तलब नपाएपछि महानगरका कर्मचारीहरू असन्तुष्ट थिए। लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरको काम नै ठप्प भएको भन्दै कर्मचारीले नै प्रशासकीय अधिकृतलाई हाँजिर गराएका हुन्। बालेनले गुरागाईंलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउन चाहेपनि उनीमाथिको आरोप पुष्टि नभएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनैलाई निरन्तरता दिएको हो। प्रशासकीय अधिकृत गुरागाँईलाई कार्यकक्षमा प्रवेश गराउन उपप्रमुख सुनिता डंगोल पनि सकृय भएर लागेकी थिइन । उपप्रमुख डंगोलको उपस्थितिमा केहिछिन कर्मचारीसहित आकस्मिक बैठक पनि बसेको थियो ।

Leave a Reply