You are currently viewing फाइनल पुग्न जित्नैपर्ने दवाबमा नेपाल,नामिबियाले दियो १२६ रनकोे लक्ष्य

फाइनल पुग्न जित्नैपर्ने दवाबमा नेपाल,नामिबियाले दियो १२६ रनकोे लक्ष्य

फाल्गुन २८,धनगढी : वुमन्स डे ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नामिबियाले नेपालसामू १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पार्यो ।

नामिबियाका लागि यास्मिन खानले ४५,विल्का एमवाटिलले २०,आरास्ता डियर्गार्डले अविजित १६ र सुने विटम्यानले १५ रन बनाए । नेपालका लागि ईश्वरी विष्टले तीन, रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र कप्तान इन्दु बर्माले समान एक विकेट लिए ।

फाइनल सम्भावना जिवितै राख्न नेपाललाई जित्नै पर्ने दबाब छ । नामिबियासँगको पहिलो भेटमा नेपाल ६ विकेटले पराजित भएको थियो । यस्तै घरेलु टोली युगान्डलाई एक विकेटले हराएको नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो । यसैगरी नामिबियाले पनि नेपाललाई हराएयता हङकङसँग चार विकेट र युगान्डासँग एक रनले पराजीत भएको छ ।

Leave a Reply