कञ्चनपुरका नरेश धानुकले आफूलाई जेनजी भन्दै नाङ्गै पारेर कुटपिट गरिएको दाबी गर्दै #आत्म*हत्या गरेका छन्। आत्महत्या गर्नु अघि सामाजिक सञ्जाल फेसबुकमा उनले केही व्यक्तिको नाम लिँदै त्यस्तो गर्न बाध्य भएको बताएका थिए।
मृतकका दिदी हिरा धानुकले पनि राति १०ः३० बजे भाइलाई ‘जेनजी’ भन्दै कुटपिट गरिएको बताइन्। ‘सुरुमा दारु पिलाएका रहेछन्। त्यसपछि नाङ्गो बनाएर कुटपिट गरे। त्यसरी अपमानपछि उसलाई घरमा गएर आत्महत्या गर्न बाध्य पारियो,’ उनले सञ्चारकर्मीलाई सुनाइन्।

उनले शव नउठाउने चेतावनी दिँदै मृतकका सन्तानहरूको जिम्मेवारी स्थानीय तह वा मर्न बाध्य पार्ने व्यक्तिले लिनुपर्ने माग गरिन्।
जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिने तयारी भइरहेको छ। ‘उहाँहरू भिडिओ लिएर आउनु भएको थियो। किटानी जाहेरी दर्ता गर्ने तयारी छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले भने, ‘घटनाको अनुसन्धान र छानबिन हुन्छ।’
नेपालप्रेसबाट साभार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?