You are currently viewing बद्री कुन्ता मेमोरियल यु-१६ फुटबल प्रतियोगीताको तयारी अन्तिम चरणमा,विजेता टोलीलाई नगद २ लाख पुरस्कार

बद्री कुन्ता मेमोरियल यु-१६ फुटबल प्रतियोगीताको तयारी अन्तिम चरणमा,विजेता टोलीलाई नगद २ लाख पुरस्कार

बद्री कुन्ता मेमोरियल यु १६ केलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको छ । सनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको सम्पूर्ण तयारी पूरा भैसकेको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्काले फुटबलजन्य गतिविधि आयोजना गर्ने मध्यमा कैलाली जिल्ला फुटबल संघ सुदूरपश्चिममा मात्र नभई देशकै लागि उदाहरणीय जिल्ला भएको भन्दै धन्यवाद व्यक्त गरेका छन । उनले हामी सबैको लक्ष्य देशको खेलकुद राम्रो होस्,खेलाडीले खेलेरै बाँच्ने आधार सिर्जना होस भन्ने भएकाले कैलाली जिल्ला फुटबल संघसँग सहकार्य गरेर बद्री कुन्ता मेमोरियल ट्रष्टले उत्कृष्ट फुटबल प्रतियोगीता आयोजना गर्न लागेको खबरले अत्यन्तै खुशी भएको भन्दै आफ्नो तर्फबाट गर्नसक्ने सहयोग गर्ने बताएका छन ।

त्यस्तै बद्री कुन्ता मेमोरियल ट्रष्टका संस्थापक सदस्य गोकर्ण जोशीले खेल र खेलाडीलाई हेर्ने दृष्किोणमा परिवर्तन नआएसम्म हाम्रो देशको खेलक्षेत्र अगाडी नबढ्ने बताएका छन । जोशीले समाज रुपान्तरणको मुख्य अंग खेलकुद भएकाले हामी सबैले गम्भिर भएर लाग्न जरुरी रहेको बताएका छन । आफु आबद्ध संस्था बद्री कुन्ता मेमोरियल ट्रष्ट कैलाली जिल्ला फुटबल संघसँग सहकार्य गरेर यस क्षेत्रको फुटबल विकासमा सहकार्य गर्न तयार रहेको भन्दै जोशीले भविष्यमा अझ राम्रो योजनाका साथ अघि बढ्ने बताए ।

अखिल नेपाल फुटबल संघ एन्फाका सदस्य तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले आफूहरुले आयोजना गर्न लागेको बद्री कुन्ता मेमोरियल यु१६ पुरुष फुटबल प्रतियोगीताका माध्यमबाट खेलाडी र खेललाई हेर्ने दृष्किोणमा परिवर्तन ल्याउने गरी तयारी गरिरहेको बताएका छन । सहकार्यका लागि बद्री कुन्ता मेमोरियल ट्रष्टलाई धन्यवाद दिदै मल्लले उक्त संस्थासँग लामो सहकार्यको तयारी भैरहेको भन्दै कैलाली जिल्लाको फुटबल विकासका लागि यो सम्झौता कोशेढुंगा साबित हुने बताएका छन ।

कैलाली जिल्ला फुटबल संघको आयोजना आयोजना र बद्री कुन्ता मेमोरियल ट्रष्टको मुख्य प्रायोजनमा सम्पन्न हुने उक्त फुटबल प्रतियोगीतामा कैलाली जिल्ला फुटबल संघमा दर्ता भएका कैलाली जिल्लाका १३ ओटै स्थानीय तहका क्लबहरुको सहभागिता रहनेछ ।

लिगकम नकआउट फम्र्याटमा खेलाइने उक्त प्रतियोगीता यहि पौष १८ गतेदेखि २६ गतेसम्म धनगढी रंगशालामा आयोजना हुँदैछ । प्रतियोगीतामा पहिलोपटक जिल्लाको विकट क्षेत्र चुरे र मोहन्याल गाउँपालिकाको टिम पनि सहभागी हुँदैछ । यस्तै टिकापुर,लम्कीचुहा,भजनी,जानकी,जोशीपुर बर्दगोरिया,सुख्खड,गौरीगंगा,कैलारी,गोदावरी र धनगढीका गरी १३ टोलीले प्रतियोगीतामा सहभागिता जनाउँदैछन ।

प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,आकर्षक ट्रफी र मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुका साथै विधागत रुपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले पनि नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगीताका निर्देशक हर्क दानपालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply