You are currently viewing बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल प्रतियोगीताको उपाधि संघर्ष स्पोटर्स क्लब गोदावरीलाई

बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल प्रतियोगीताको उपाधि संघर्ष स्पोटर्स क्लब गोदावरीलाई

धनगढीमा जारी बद्री कुन्ता मेमोरियल यु१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीताको उपाधि संघर्ष स्पोर्टस क्लब गोदावरीले जितेको छ ।

धनगढी रंगशालामा सनिबार सम्पन्न खेलमा सहारा युवा क्लब पहलमानपुरलाई २ – ० ले पराजित गर्दै संघर्ष स्पोर्टस क्लब गोदावरीले उपाधिमाथि कब्जा जमाएको हो । संघर्षलाई उपाधि दिलाउन खेलको दोश्रो मिनेटमै राजेश नेपालीले गोल गरे भने आदित्य बडुवालले ७८औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे । बडुवाल फाइनल खेलको म्यान अफ दी म्याच पनि चुनिए ।

उपाधि जितेसँगै संघर्ष स्पोर्टस क्लब गोदावरीले नगद २ लाख र आकर्षक ट्रफी पनि जितेको छ । उपविजेता बनेको सहारा युवा क्लब पहलमानपुरले नगद एक लाख रुपयाँ हात पार्यो ।
विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी जगरपालिकाका प्रमुख खडक बहादुर रावत,विशिष्ट अतिथि सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्का,कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल र बद्री कुन्ता मेमोरियल ट्रस्टका संस्थापक अध्यक्ष कमला जोशी,सदस्य गोकर्ण जोशी लगायतले सयुंक्त रुपमा ट्रफी,मेडल तथा चेक हस्तान्तरण गरे ।

कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा पौष १८ गतेबाट सुरु भएको यस प्रतियोगितामा जिल्लाभरका १२ स्थानीय तहका टोली सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply