You are currently viewing बनेपामा भेटिएको बम सेनाद्धारा डिस्पोज

बनेपामा भेटिएको बम सेनाद्धारा डिस्पोज

  • Post category:समाचार
  • Post comments:0 Comments

२६भाद्र,२०८२ः काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ९ नयाँ बस्तीमा भेटिएको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
बस्तीको बीचमा भेटिएको बमलाई बस्ती भन्दा ५ सय मिटर पर लगेर निष्कृय पारिएको श्रीमेयर गण धुलिखेलका गणपति झलक सुवेदीले जानकारी दिए ।


बुधबार साँझ नै बम फेला परेको भए पनि घरहरू नजिक भएको र अँध्यारो भएको कारण नेपाली सेनाको बम बिस्पोजल टोलीले आज बिहान मात्र डिस्पोज गरेको थियो । बस्ती र अध्यारोको कारण बम डिस्पोज गर्न नमिलेपछि रातभर बमलाई नेपाली सेनाले घेरा हालेर सुरक्षित गरेको थियो ।बनेपामा डेट एक्सपायर भएका ८ वटा सकेट बम फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply