You are currently viewing बलिङमा आजपनि चम्किए युवराज,हङकङ सस्तैमा समेटियो /@NepalvsHK

बलिङमा आजपनि चम्किए युवराज,हङकङ सस्तैमा समेटियो /@NepalvsHK

वैशाख ३,धनगढी : युवा टोलीका मुख्य हतियार युवराज खत्री आजपनि चम्किएपछि हङकङ सस्तैमा समेटिएको छ । हङकङका कप्तान शिव माथुरले अर्धशतक प्रहार गरेपछि आइसिसी यु १९ विश्वकप एसिया छनोटमा नेपाल सामू ११६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल तयार पार्यो ।

हङकङका लागि शिवले ११६ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन बनाए ।

दोस्रो विकेटका लागि शिव र आर्याले ५० रनको साझेदारी गरेका थिए । नेपालका लागि युवराज खत्रीले चार, विपिनप्रसाद शर्माले तीन सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिए ।

Leave a Reply