आश्विन ८ धनगढी : जिल्ला कृकेट संघ कैलालीको आयोजनामा मंगलबारदेखि धनगढीको फाप्ला खेल मैदानमा शुरु भएको दुई दिवसीय कृकेट प्रतियोगितामा कैलालीका वसन्त सिंह कार्किले शतकिय पारी खेलेका छन् । १२३ रनको अविजित पारी खेलेका उनले ११९ बलको सामना गरे । टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले ४८।३ ओभर खेल्दै ९ विकेटको क्षतीमा २२१ रन बनाएर पारी डिक्लेरको घोषणा गरेको हो ।
कैलालीका लागि २६ बलको सामना गरेका सुदिप साउँदले २६ रन नै बनाए । डोटीका लागि १० ओभर बलिङ गरेका सौर्य श्रेष्ठले ३ मेडन राख्दै १६ रन खर्चेर ४ विकेट चट्काए । त्यस्तै कप्तान भोजराज भट्टले १० ओभर बलिङ गर्दै २ मेडन राखेर ४२ रन खर्चिदै ३ विकेट लिए ।
कैलालीले २२१ मा पारी डिक्लेर गरेर ब्याटिङमा उत्रेको डोटीले खराब शुरूवात गरेको छ । उसले ३४।२ ओभरमा सबै विकेट गुमाएर मात्र १२२ रन बनायो । डोटीका लागि हृदय बिठारीले ४७ बलमा ३४ र आयुश खड्काले ४० बलमा २४ रनको पारी खेले अन्य ब्याटरले सम्झनलायक ब्याटिङ गर्न सकेनन् ।
कैलालीका लागि लोकेश केसि र नरेन साउँदले उत्कृष्ट बलिङ गरे । लोकेशले २।२ ओभर बलिङ गर्दै १ मेडन राखेर मात्र २ रन खर्चदै ३ विकेट चट्काए भने १० ओभर पुरै बलिङ गरेका नरेन साउँदले २ ओभर मेडेन राख्दै २६ रन खर्चेर २ विकेट चट्काए ।
ताजा अवस्थामा कैलाली ९९ रनले अगाडि रहेको छ । कैलाली जिल्लाको कप्तानी नारायण जोशिले गरिरहेका छन् भने डोटी जिल्लाको कप्तानी भोजराज भट्टले गरिरहेका छन् ।
मंगलबार फाप्ला खेलमैदानमा एक औपचारिक कार्यक्रमका बीच दुइ दिवसिय क्रिकेट प्रतियोगीताको जिल्ला खेलकुद समिति कैलालीका अध्यक्ष ललित खत्रीेले उद्घाटन गरेका हुन । खेलाडीहरुको प्रर्दशनमा सुधार ल्याउन यस्ताखालका प्रतियोगीताले महत्तपूर्ण भुमिका खेल्ने कार्यक्रमका प्रमुख अतिथि खत्रीले बताए । जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिस्टको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विशिष्ट अतिथि सुदूरपश्चिम प्रादेशिक क्रीकेट संघका कोषाध्यक्ष एंव डोटी जिल्ला अध्यक्ष दिनेश सिंह रहेका थिए भने कार्यक्रममा ,सुदूरपश्चिम प्रादेशिक क्रीकेट संघका सदस्य रमेश चन्द,कैलाली जिल्लाका सचीव देव नारायण झा,कोषाध्यक्ष बिनोद लामा सदस्य गोविन्द राज जोशी लगायत पदाधिकारी,सदस्य खेलाडीहरुको उपस्थिति रहेको थियो ।
जिल्ला क्रिकेट संघ कैलाली पछिल्लो समय क्रिकेटजन्य गतिविधिमा सकृय रहेका छ । कैलालीले हरेक वर्ष कैलाली प्रीमियर लिग ( KPL ) आयोजना गदैं आएको छ भने ग्रासरुट क्रिकेट विकासका लागि विद्यालय स्तरीय क्रिकेट प्रतियोगीतामा पनि गदैं आएको छ ।
कैलाली प्लेङ्ग : ११ ) नारायण जोशी( कप्तान ) वसन्त कार्की,आयुब चन्द,अभिषेक पाल,नरेन साउँद,टेक रावत( विकेट किपर )धर्मराज जोशी,नवयुग बस्नेत,दिपक रोकाया,लोकेश केसि,सुबोध ऐर

डोटी प्लेङ्ग : ११) भोजराज भट्ट ( कप्तान ) ,खगेन्द्र जोशि (विकेट किपर ) ,हृदय जंग बिठारी,लोकेश बम,अनिश अवस्थी ,आयुश दौरिया,पारस महता,त्रीसिङ लामा,सौर्य श्रेष्ठ ,लभ माझी ,आयुश खड्का
