You are currently viewing बिमाको लाभ उठाउँदै ईमरल्ड एकेडेमीका विद्यार्थी ,पछिल्लो ४ महिना भित्र २ जनाले पाए क्षतिपूर्ति

बिमाको लाभ उठाउँदै ईमरल्ड एकेडेमीका विद्यार्थी ,पछिल्लो ४ महिना भित्र २ जनाले पाए क्षतिपूर्ति

धनगढी उपमहानगरपालिका वडा न ३ विशालनगरमा रहेको ईमरल्ड एकेडेमीले पछिल्लो ४ महिना भित्र २ विद्यार्थीलाई बिमा बाफतको क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । आइतबार ईमरल्ड एकेडेमीमा कक्षा ४ मा अध्ययनरत क्षेत्र चौधरीले रु २८,००० रुपयाँ बिमा बाफतको क्षतिपूर्ति रकम प्राप्त गरेको विद्यालयका प्रिन्सिपल शशीभुषण पाठकले जानकारी दिए ।

गत मंसिरमा धनगढी बजारमै क्षेत्र चौधरीको मोटरसाइकलले ठक्कर दिदा हात भाँच्चिएको थियो । नेको इन्सुरेन्सका प्रतिनिधि रमेश बहादुर थापा,भरत बहादुर रावल, नरेश ओझा र विद्यालयका प्रिन्सिपल शशीभुषण पाठकको उपस्थितिमा अभिभावकलाई २८,००० को चेक हस्तान्तरण गरिएको हो ।

त्यसैगरी गत असोजमा दुर्घटनामा हात भाँचिएकी कक्षा ७ की छात्रा रश्मी जोशीले पनि बिमाबाट क्षतिपूर्ति रकम प्राप्त गरेको विद्यालय प्रशासनले जनाएको छ ।


ईमरल्ड एकेडेमीले चालु आर्थिक वर्ष २०८२ / ०८३ का लागि विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुको नेको इन्सुरेनससँग रु १ लाख बराबरको निशुल्क बिमा सम्झौता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply