चैत्र २२,धनगढी : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरूको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो ।
सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरूलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेका थिए । सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुक थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यानमार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री ९प्रतिनिधिमण्डलका नेता० हरूले सम्बोधन गर्ने छन् । सम्मेलनमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता गरेपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेटवार्ता हुन सकेको छैन । प्रधानमन्त्री ओली तेश्रोपटक प्रधानमन्त्री भएपछि धेरैपटक भारत भ्रमणको प्रयास गरेपनि त्यो सम्भव हुन सकेको छैन ।