You are currently viewing बीजी इन्फोटेकले स्थापना दिवसमा छाडा पशुचौपाया र कुकुरलाई खुवायो खाना, रिफ्लेक्टिङ्ग बेल्ट पनि बाँधियो

बीजी इन्फोटेकले स्थापना दिवसमा छाडा पशुचौपाया र कुकुरलाई खुवायो खाना, रिफ्लेक्टिङ्ग बेल्ट पनि बाँधियो

वैशाख २,धनगढी : बीजी इन्फोटेक (आईटी कम्पनी)  ले आफ्नो पहिलो स्थापना दिवसमा सामाजिक उत्तरदायित्व अन्तर्गत एक प्रेरणादायी काम गरेको छ । इन्फोटेकले सोमबार बिहान छाडा गाई तथा गोरुलाई रोटी र केरा खुवाएर दिवसको सुरुवात गरेको हो ।

यस्तै, साँझको समयमा धनगढीका मुख्य सडक आसपास रहेका छाडा कुकुरहरूलाई मासु र भात खुवाइएको इन्फोटेकले जानकारी दिएको छ । केवल भोजनमै सीमित नरहेर, इन्फोटेकले सडक दुर्घटनाको जोखिम कम गर्न छाडा चौपायाका घाटीमा राती देखिने रिफ्लेक्टिङ्ग बेल्ट समेत बाँधिएको इन्फोटेकका सञ्चालक सन्देश बोगटीले जानकारी दिए ।रिफ्लेक्टिङ्ग बेल्टले रातको समयमा सवारी साधनले चौपाया देख्न सक्ने भएकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

छाडा जनावरहरूप्रति दया भाव र समाजमा चेतना फैलाउने उद्देश्यले यस्तो प्रयास गरिएको बताइएको छ । सञ्चालक बोगटीले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply