You are currently viewing बेलायत भ्रमणमा नेपाल : अभ्यास खेलमा नेपालको ह्याट्रीक जीत

बेलायत भ्रमणमा नेपाल : अभ्यास खेलमा नेपालको ह्याट्रीक जीत

जेठ ८,धनगढी : नेपाली टोलीले बिहीबार ग्लोसेस्टरशायरसँगको ट्वान्टी-२० अभ्यास खेलमा ७३ रनको सहज जित निकालेको छ । नेपालले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याएको ग्लोसेस्टरशायर १७.३ ओभरमा १२१ रनमा समेटियो । ग्लोसेस्टरशायरका लागि जेम्स मात्राभर्सले सर्वाधिक ३७ रन बनाए ।

नेपालका लागि नन्दन यादव, सन्दीप लामिछाने र बसिर अहमदले समान दुई तथा रिजन ढकाल, करण केसी, सोमपाल कामी र कुशल भुर्तेलले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९४ रनको योगफल तयार पारेको थियो

नेपालका लागि कुशल भुर्तेलले ४६, कप्तान रोहितकुमार पौडेलले ३५, दिपेन्द्रसिंह ऐरीले ३२, अनिलकुमार साहले २९ रन र आरिफ शेखले अविजित २२ रन बनाए । ग्लोसेस्टरशायरका लागि डेभिड पेन र अमन राओले समान दुई तथा डारुश अहमद र अहमद साइदले समान एक विकेट लिए ।

बेलायत भ्रमणमा नेपालको यो लगतार तेस्रो जित हो । यसअघि नेपालले न्युपोर्ट क्रिकेट क्लब र मेरिलेबोन क्रिकेट क्लबलाई हराएको थियो ।

 

Leave a Reply