You are currently viewing बैतडीको सुर्नया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन

बैतडीको सुर्नया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन

२०भाद्र,धनगढीः बैतडीको सुर्नया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन भएको छ ।
सुर्नया गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालयको प्राविधिक सहयोगमा दर्ता शिविर सञ्चालन भएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राहीहरुका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले उनीहरुको सहजताका लागि शिविर सञ्चालन गरिएको उनले बताए ।
हिजो विहिबार देखि गाउँपालिकाको कार्यालयमा सञ्चालन भएको शिविर आज पनि गाउँपालिका कार्यालयमै सञ्चालन हुने बताइएको छ । उक्त शिविरमा वडा नं ५ र अन्य वडाका नागरिकहरुले सेवा लिन सक्ने गाउँपालिकाका सूचना अधिकारी रामसिंह महराले बताए ।
यस्तै भदौ २१ र २२ गते वडा नं ६ को कार्यालय शंकरपुरमा दर्ता शिविर सञ्चालन हुनेछ । उक्त शिविरमा वडा नं ६, ७ र ८ का सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न सक्ने उल्लेख गरिएको छ ।


यस्तै भदौ २३ र २४ गते वडा नं ४ को कार्यालयमा शिविर सञ्चालन हुने र उक्त शिविरमा वडा नं ३ र ४ का सेवाग्राहीहरुले विवरण दर्ता गर्न सक्ने बताइएको छ । जिल्ला प्रशासन कार्यालयले जेष्ठ नागरिकहरुको सहजताका लागि स्थानीय तहहरुसँगको समन्वयमा सम्बन्धित तहमै शिविरमार्फत परिचयपत्रका लागि दर्ता शिविर सञ्चालन गरिरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply