२३ भाद्र,२०८२ः बैतडीको सुर्नया गाउँपालिका घर भएकी एक किशोरी मृत फेला परेकी छन् । सुर्नया गाउँपालिका–५ मडकी १८ बर्षीया झरना दमाई सुर्नया नदी किनारमा शनिबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

शुक्रबार घरबाट बजार जान्छु भनेर हिँडेकी झरना बेपत्ता भएकी थिइन् । उनको खोजीका लागि परिवारले प्रहरीलाई आग्रह गरेको थियो । बेपत्ताको झरनाको खोजी गर्दै जाँदा पाटन नगरपालिका–६ औजेउडास्थित सुर्नया नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?