१३ भाद्र,२०८२ः अछाम जिल्लाको विभिन्न ग्रामीण क्षेत्रका ४,००० भन्दा बढी घरधुरीलाई विद्युत सेवा उपलब्ध गराउन माग गर्दै आज काठमाडौंको माईतीघर मण्डलामा बोलन्या थलीद्धारा ’लालटिन आन्दोलन’ गरिएको छ।
प्रदर्शनमा सहभागीहरूले लालटिन बालेर सरकार र नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउने प्रयास गरेका थिए। उनीहरूले “अन्धकारमा बस्न पाउँदैनौं”, “प्रकाश हाम्रो अधिकार हो” भन्ने जस्ता नारा लगाउँदै अछामका टाढाका गाउँमा विद्युत पु¥याउन सरकारसँग माग गरेका छन।

विद्युतीकरणको माग गरिएका क्षेत्रहरूमा अछामको टर्माखाड गाउँपालिका अन्तर्गतको भुलु, रहफ ढकारी, बलाता, कमलबजार नगरपालिका अन्तर्गतको कवाल्लेक, जामा र फलटाने लगायतका गाउँहरू रहेका छन्।
बोलन्या थलीका संयोजक यादव जोशी अनुसार, ती क्षेत्रका बासिन्दाहरू वर्षौं देखिको पर्खाइपछि पनि विद्युतबाट बञ्चित छन्, जसका कारण शिक्षा, स्वास्थ्य, व्यवसाय लगायतका दैनिक जीवनका हरेक पक्ष प्रभावित हुँदै आएका छन्। उनीहरूले स्थानीय बासिन्दाहरूको दैनिकीमा सुधार ल्याउन तत्काल विद्युत सेवा विस्तारको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?