कार्तिक ६ धनगढी : भारतको बडोदरामा करेण्ट लागेर एक नेपालीको मृत्य भएको छ । सोमबार दिउँसो करिबन १२ बजेतिर नुहाउने क्रममा तार सट भएर आदर्श गाउँपालिका ४ हिन्नेकाँडा डोटी जन्मस्थान भई स्थायी रुपमा हाल गोदावरी न पा बास्कोटा बस्दै आउनुभएका बिजयराज ओझाको मृत्यु भएको हो । वि.स.२०२२ सालमा तत्कालिन महादेव स्थान गाविस वडा न.१ हिन्नेकाँडामा जन्मिएका ओझा रोजगारीको शिलशिलामा लामो समयदेखि भारतमा बस्दै आएका थिए ।
ओझाको असामयिक मृत्यले सिंगो गाउँ यतिबेला शोक मग्न रहेको छ । ओझाका २ छोरा,१ छोरी र श्रीमती छन । उनको भारतबाट अहिले शव ल्याउने काम भैरहेको र भोली बिहान गोदावरी नदीमा दाहासंस्कार गरिने प्रभात मावि देहिमाण्डौं डोटीका लेखापाल तथा मृतकका आफन्त टंक प्रसाद ओझा हिन्नेकाँडीले जानकारी दिए ।