You are currently viewing भारतमा नेपाली खो खो महिला टोलीको सनसनीपूर्ण प्रर्दशन जारी,युगाण्डालाई हराउँदै विश्वकप फाइनलमा प्रवेश /@KhoKhoWorld2025
Photo : Kho Kho World cup 2025

भारतमा नेपाली खो खो महिला टोलीको सनसनीपूर्ण प्रर्दशन जारी,युगाण्डालाई हराउँदै विश्वकप फाइनलमा प्रवेश /@KhoKhoWorld2025

माघ ५,धनगढी : भारतमा जारी पहिलो संस्करणको खो खो विश्वकपमा नेपाली महिला टोली फाइनलमा पुगेको छ। शनिवार युगाण्डालाई ८९-१८ ले हराउँदै नेपाली टोली फाइनल पुगेको हो ।


इरानलाई शुक्रवार १०३-८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो। नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो।नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगालादेशलाई ८४-२४ ले हराएको थियो ।

Photo : Kho Kho World cup 2025

नेपाली पुरुष टोलीले पनि आजै इरानसँग सेमिफाइनल खेल्दैछ। नेपालले शुक्रवार भएको सेमिफाइनलमा बंग्लादेशलाई ६७-१८ ले हराउँदै अन्तिम चारमा पुगेको हो। पुरुष टोलीको सेमिफाइनल र महिला टोलीको फाइनलको नतिजा जे जस्तो आएपनि विश्वकप जस्तो ठूलो मञ्चमा पहिलो संस्करणमै विश्वमा खो खो खेलमा बलिया भनिएका देश विरुद्ध उत्कृष्ट खेल प्रर्दशन गर्दै सेमिफाइनलमा पुगेर एउटा इतिहाँस भने रचिसकेको छ । विश्वकप जस्तो ठूलो मञ्मा नेपाली खेलाडीहरुको बहादुरी प्रर्दशनले आगामी दिनमा यो खेलप्रति नेपालमा थप आकर्षण बढ्ने निश्चित छ ।

 

Leave a Reply