You are currently viewing भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाहको टोली भेटघाटमा व्यस्त /@Sudurpaschim

भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाहको टोली भेटघाटमा व्यस्त /@Sudurpaschim

वैशाख १८,धनगढी: भारत भ्रमणमा रहनु भएका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दिल्लीका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गरिरहेका छन् । औपचारिक भ्रमणमा रहेका मुख्यमन्त्री शाहले बुधबार यमुना नदीको पश्चिमी किनार राजघाटमा महात्मागान्धी समाधिस्थलमा माल्यारोपण तथा श्रद्धाञ्जली व्यक्त गरे ।

 

त्यसैगरी बुधबार नै मुख्यमन्त्री शाहले भारतका लागि नेपाली राजदुत शंकर शर्मासँग दुतावासमा स्वागत भेटघाटमा सरिक भए । पुर्वनिर्धारित कार्यतालिका अनुसार स्वामी विवेकानन्द अन्तरास्ट्रिय फाउन्डेसनसँग अन्तरक्रियामा सहभागी भएका मुख्यमन्त्री शाहले उद्योगपतिसँगको छलफलमा प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलन वारे जानकारी गराए।

उनले दिल्लीको मेट्रो रेल वे स्टेसन र लोक सभा र राज्य सभाको समेत अवलोकन गरेका छन्। भारत सरकारको निमन्त्रणामा वैशाख १६ गते मुख्यमन्त्री शाह नेतृत्वको उच्चस्तरीय सरकारी टोली एक साताको लागि त्यसतर्फ प्रस्थान गरको थियो ।

Leave a Reply