You are currently viewing भारत विरुद्ध इंल्याण्ड ९७ रनमै अल आउट,घरेलु मैदानमा भारतको विशाल जीत /@IND / @ENG
Photo : BCCI

भारत विरुद्ध इंल्याण्ड ९७ रनमै अल आउट,घरेलु मैदानमा भारतको विशाल जीत /@IND / @ENG

माघ २०,धनगढी: पाँचौं तथा अन्तिम टि२० आइमा भारत विरुद्ध पाहुना टोली इंल्याण्ड ९७ रनमै अलआउट भएको छ । मुम्बइको वानखेडे स्टेडियममा भारतले दिएको २४८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा इंल्याण्ड १०.३ ओभरमा ९७ रनमै अलआउट भयो भने घरेलु मैदानमा भारतले १५० रनको विशाल जित निकालेको छ ।

इंल्याण्डका लागि फिल साल्टले ५५ रनको उत्कृष्ट पारी खेलेपनि अन्य ब्याटरहरुले उनलाई साथ दिन सकेनन । भारतका लागि मोहमद सामीले ३ तथा वरुण चक्रबती,शिवम दुबे र अभिषेक शर्माले समान दुई दुई विकेट लिए ।

Photo : BCCI

यसअघि भारतले इंल्याण्ड विरुद्ध २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनाएको हो । भारतका लागि ओपनर अभिषेक शर्माले उत्कृष्ट शतक प्रहार गरेका छन । आक्रामक ब्याटिङ गरेका शर्माले ५४ बलमा १३ छक्का र ७ चौकाको मद्दतले १३५ रन बनाए ।

Photo : BCCI

भारतका लागि ओपनर सञ्जु स्यामसङले १६ रनको पारी खेले भने तिलक बर्मा २४,कप्तान सूर्य कुमार यादव २ तथा शिवम दुबेले ३० रन बनाएर पवेलियन फर्किए । इंल्याण्डका लागि ब्राइडन कार्सले ३ तथा मार्क वुडले २ विकेट लिए । ५ टि२० आइ सिरिजमा भारतले ४-१ ले यो सिरिज जितेको छ ।

Leave a Reply