कार्तिक ४ धनगढी : भारत विरुद्धको पहिलो टेष्टमा पाहुना टोली न्युजिल्याण्ड विजयी भएको छ । बेंग्लोरको चिन्नास्वामी स्टेडियममा भएको पहिलो टेस्टमा न्युजिल्यान्डले भारतलाई आठ विकेटले पराजित गरेको हो।टम लाथमको कप्तानीमा रहेको न्युजिल्यान्डलाई १०७ रनको लक्ष्य पछ्याउने त्यति सहज भने भएन। पहिलो सेसनमा जसप्रित बुमराह र मोहम्मद सिराजले आफ्नो स्विङबाट न्युजिल्यान्डका ब्याट्सम्यानलाई निकै समस्यामा पारे। तर, ब्याटले चौका प्रहार गरिरहे।। भाग्यले पनि भारतीय बलरलाई साथ दिएन। भारतले पहिलो इनिङ्समा ४६ रन बनाएको थियो। जवाफमा न्युजिल्यान्डले पहिलो इनिङ्स ४०२ रनमा सकाएको थियो। यसरी न्युजिल्यान्डले ३५६ रनको अग्रता लिएको थियो। दोस्रो इनिङ्समा भारतले ४६२ रन बनाउँदा १०६ रनको अग्रता लिएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २७.४ ओभरमा दुई विकेट गुमाउँदै १०७ रन बनायो। पहिलो विकेट कप्तान टम लाथम ९शून्य० र दोस्रो विकेट डेभोन कोन्वे ९१७० ले गुमाएका थिए। रचिन रविन्द्रले अविजित ३९ तथा विल योङले ४५ रन बनाए। यी दुईबीच अविजित ७२ रनको साझेदारी भएको थियो।पहिलो पटक न्युजिल्यान्डले लक्ष्य पछ्याउने क्रममा जित हात पारेको हो। यो जितसँगै न्युजिल्यान्डले तीन खेलको टेस्ट शृंखलामा १–० को अग्रता लिएको छ। अर्को खेल २४ अक्टोबरदेखि पुणेमा हुनेछ।