You are currently viewing भिजिट भिसा प्रकरण : रमेश लेखकले कार्यकर्तालाई भने ढुक्क हुनुहोस् मैले गल्ती गरेको छैन /@RameshLekhak

भिजिट भिसा प्रकरण : रमेश लेखकले कार्यकर्तालाई भने ढुक्क हुनुहोस् मैले गल्ती गरेको छैन /@RameshLekhak

जेठ १०,धनगढी : गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको सम्बन्धमा आफूमाथि लागेको आरोप बारे दुईरचार दिनमा बोल्ने बताएका छन्। शनिबार धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँग गरेको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

एक जना कार्यकताले तपाईँ चक्रब्यूमा त फसेको होइन भनेर साधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले भने, ‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक संजालमा लेख्ने काम भइरहेको छ। दुई / तीन दिन किन चुप लागेर बसेका थिए। यो कहाँबाट, कसरी, किन भइरहेछ भने खोजीराखे थिए। यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेका छु। आजै काठमाडौं गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुईरचार दिनमा आफैँ पनि केही कुरा बोल्छु। अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ। त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ।

यस विषयमा पार्टीका साथीहरूलाई चिन्ता गर्नुपर्ने केही कारण नभएको उनले बताए। उनले भने, ‘म एउटै कुरा के भन्छु भने जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने,टाउको निहुरिने काम गर्दैनँ। जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ। त्यो दिनदेखि म राजनीतिकमा देखा पर्दैनँ।’ आफूमाथि उठेका सबै विषयलाई ठीक ढंगले आफ्नो कुरा राख्ने उनले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply