मन्त्रिपरिषद बैठकमा जेनजी आन्दोलनबारे छलफल हुने

२३ भाद्र,२०८२ः आज साँझ ६ बजेपछि बस्ने भनिएको मन्त्रिपरिषदको नियमित बैठकमा जेन जी पुस्ताको आन्दोलन बारेमा छलफल हुने बताइएको छ । आजको मन्त्रिपरिषद बैठक नियमित भए पनि त्यसमा आन्दोलन बारेमा छलफल हुने प्रधानमन्त्रीको प्रेस विज्ञ रामशरण बजगाईले बताए ।


‘आजको मन्त्रिपरिषद नियमित बैठक हो, यसअघि नै आह्वान गरिएको बैठक भएकाले नियमित एजेन्डाहरू रहने नै भए, थप आजको जेन जी पुस्ताको आन्दोलनको विषयमा छलफल भएर केही निर्णय आउन सक्छ’ उनले भने । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top