फाल्गुन ०३,धनगढी : नेपाली यु-१९ महिला क्रिकेट टोलीकी सदस्य स्नेहा महरा नगद सहित सम्मानित भएकी छन । धनगढी उपमहानगरपालिका वडा न.५ शिवनगरमा रहेको चैतन्य पाठशालाले आफ्नो २४औं वार्षिकोत्सव समारोहमा महरालाई नगद ५० हजार सहित सम्मान गरेको हो ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाश बहादुर देउवाले पचास हजारको चेक हस्तान्तरण गर्दै दोसल्ला सहित सम्मान गरे । स्नेहाले कक्षा नर्सरीेखि १० सम्म चैतन्यमै ( तत्कालिन स्टोन ब्रिज ) अध्ययन गरेकी थिइन ।
लामो समयदेखि सुदूरपश्चिमबाट राष्ट्रिय प्रतियोगीता खेल्दै आएकी महराले यु१९ एसिया कप खेल्नुका साथै अघिल्लो महिना मलेसियामा आयोजना भएको ऐतिहाँसिक यु-१९ विश्वकप समेत खेलेकी थिइन ।