You are currently viewing मेरो उमेर भैसक्यो अब नयाँ नेताले आँटनुपर्छ काँग्रेस सभापति – देउवा ( भिडियो )

मेरो उमेर भैसक्यो अब नयाँ नेताले आँटनुपर्छ काँग्रेस सभापति – देउवा ( भिडियो )

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरेक कारणले आफ्नो रिटायरमेण्टको बेला भइसकेको बताउनु भएको छ । बिहीबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा देउवाले यस्तो बताउनुभएको हो ।

सभापति देउवाले एमाले र कांग्रेसबीच सहमति हुँदा अरु पार्टीमा गएकाहरु पनि आफ्नो पार्टीमा फर्किंदै गरेको दाबी गर्नु भयो । ‘हाम्रोबाट अरु पार्टीमा गएकाहरु पनि फर्किंदै छन् । अझै फर्काउने काममा लाग्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी कमजोर बनाउनेहरु अझै छन् । हामीले सबैलाई एक गरेर बलियो पार्टी बनाउनु पर्छ । मेरो एज पनि गयो । हरेक कारणले पनि रिटायरमेण्टको बेला भइसकेको छ । भोलि हुने नेताहरुले नै चिन्ता बढी गर्नुपर्छ । मलाई भन्दा बढ्ता चिन्ता गर्नुपर्छ ।’

सभापति देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउने नीतिअनुसार वर्तमान सरकार निर्माण नभएको पनि प्रष्ट पार्नु भयो । माओवादी केन्द्रप्रति लक्षित गर्दै उहाँले दुई ठूला राजनीतिक दल मिलेपछि अरु पार्टीलाई सिध्याउने हुन् कि भन्ने भय पालेर नराख्न समेत आग्रह गर्नुभयो ।

यो भिडियो पूरा युट्युबमा हेर्न तलको LINK मा जानुहोला

Leave a Reply