You are currently viewing यसवर्ष साफ च्याम्पियनसिप फुटबल प्रतियोगीता नहुने,अब कहिले हुन्छ प्रतियोगीता ?

यसवर्ष साफ च्याम्पियनसिप फुटबल प्रतियोगीता नहुने,अब कहिले हुन्छ प्रतियोगीता ?

वैशाख ११,धनगढी: यस वर्ष जुन २२ देखि जुलाई ५ सम्म श्रीलंकामा आयोजना मिति तोकिएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष च्याम्पियनसिप निर्धारित समयमा नहुने भएको छ । अब प्रतियोगिता सन् २०२६ मा मात्र हुने साफले जानकारी दियो ।

मार्केटिङ साझेदार स्पोर्टस फाइभको चाहनाअनुसार च्याम्पियनसिप स्थगित गर्ने निर्णय गरिएको साफले जानकारी दियो । उक्त साझेदारले प्रतियोगिता ‘होम एन्ड अवे’ ढाँचामा आयोजना गर्न चाहेको बताइएको छ, जुन अहिलेका लागि सम्भव छैन ।

सुरुमा साफले प्रतियोगिता यसै वर्ष ‘होम एन्ड अवे’ ढाँचामा गराउने प्रयास गरेको थियो। तर, यसरी आयोजना गर्दा खर्च अत्यधिक हुने देखिएकाले केन्द्रित मोडेलमा अर्थात् एउटै देशमा आयोजना गर्ने निर्णय लिइएको थियो, जसअनुसार श्रीलंकालाई आयोजक तोकिएको थियो।

 

Leave a Reply