You are currently viewing युनिक मोर्डन एकेडेमी धनगढीको १७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

युनिक मोर्डन एकेडेमी धनगढीको १७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

चैत ५,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.२ मा रहेको युनिक मोर्डन एकेडेमीले १७ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । सोमबार धनगढीको ओम प्यालेसमा अभिभावकहरुको सकृय सहभागितामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

वार्षिकोत्सब कार्यक्रममा विद्यार्थीहरुले आकर्षक प्रस्तुति मार्फत अभिभावकहरुलाई आनन्दित तुल्याएका थिए । विद्यालयकी प्रबन्ध निर्देशक रत्ना बोगटी बिस्टको सभापतित्व सम्पन्न कार्यक्रको प्रमुख अतिथि ब्रहमकुमारी ईश्वरी विद्यालयकि हिरा दिदी रहेकी थिइन ।

उक्त वार्षिकोत्सवमा धनगढी उपमहानगरपालिका वडा न.२ का अध्यक्ष धर्मराज ओझा, हरिशंकर जोशी, धनगढी उपमहानगरपालिकि पुर्व उपप्रमुख शुशिला मिश्र भट्ट लगायत ले शुभकामना मन्तव्य राखेका थिए । वार्षिकोत्सवमा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउएको भन्दै धनगढी उपमहानगरपालिका वडा न.२ का अध्यक्ष धर्मराज ओझा,समाजसेवी,डम्मर सुनार,चक्र राज पाण्डेयलाई सम्मान गरेको छ ।

२०६४ सालमा स्थापना भएको युनिक मोर्डन एकेडेमीमा हाल विद्यार्थी ३५० भन्दा बढी अध्ययनरत छन भने २० जना कर्मचारी कार्यरत छन् ।

Leave a Reply