You are currently viewing यु-१९ एसिया कपको लागि नेपाली टोली घोषणा,हेमन्त धामी कप्तान बन्दा अरु को कोले मौका पाए ?

यु-१९ एसिया कपको लागि नेपाली टोली घोषणा,हेमन्त धामी कप्तान बन्दा अरु को कोले मौका पाए ?

कार्तिक २४,धनगढी : एसिसिको आयोजनमा आगामी नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म युएईमा हुन गैरहेको यु-१९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले गत कार्तिक १० गतेदेखि कार्तिक २१ गतेसम्म विराटनगरम सम्पन्न यु-१९ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु मध्येबाट टिम घोषणा गरेको हो । क्यानले शनिवार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी अर्जुन कुमाललाई दिईएको छ । टोलीका अन्य सदस्यहरुमा आकाश त्रिपाठी, उत्तम थापामगर, मयन यादव, नरेन साउँद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन बिक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमार रहेका छन । क्यानले शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको छ भने धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक तोकिएको छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेलमा मंसिर १६ गते बंग्लादेशको सामना गर्ने नेपालले अन्तिम खेलमा मंसिर १८ मा अफगानिस्तानको सामना गर्नेछ । प्रतियोगितामा सहभागी ८ टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह बी नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् भने समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँनेछन् । मंसिर २३ मा फाइनल खेल हुनेछ ।

नेपाली टिम यस्तो रहेको छ ।
हेमन्त धामी :कप्तान
अर्जुन कुमाल:उपकप्तान
अन्य खेलाडीहरुमा : आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमार
मुख्य प्रशिक्षक : शक्ती गौचन
सहायक प्रशिक्षक : धिरेन्द्र चन्द

Nepali Team 

 

खेल तालिका

Leave a Reply