माघ ९,धनगढी : मलेसियामा जारी आइसिसी यु–१९ महिला विश्वकपबाट नेपाल बाहिरिएको छ। बुधबार भएको समूह डी को अन्तिम खेलमा अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै नेपाल बाहिरिएको हो। नेपाल जितविहीन रहँदै बाहिरियो । सुपर सिक्सको लक्ष्य सहित मलेसिया उडान भरेको नेपाली यु१९ टोलीले समूह चरणका तीन ओटै खेलमा जीतबिहिन हुँदै विश्कपको यात्रा टुंग्याएको छ ।
यो समूहबाट अस्ट्रेलिया शीर्ष स्थानमा रहँदै सुपर सिक्समा पुगेको छ। अस्ट्रेलियाले तीन खेलबाट ६ अंक जोड्यो। यस्तै, बंगलादेश र स्कटल्यान्डले पनि सुपर सिक्समा स्थान बनाएका छन्। अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो। नेपालकी कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाइन्। उनले ४२ बल खेलेकी थिइन्। उनीबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
अस्ट्रेलियाका हसरत गिल, जुलिएट मोर्टन र लिली बासिङ्थवेइटले समान दुई विकेट लिइन्। क्लो आइन्सवर्थको नाममा एक विकेट रह्यो। यसअघि नेपाल पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो।