You are currently viewing यु १९ महिला विश्व कप छनोट : नेपालद्वारा थाइल्यान्डलाई १ सय ३ रनको लक्ष्य / Nepal Vs Thailand

यु १९ महिला विश्व कप छनोट : नेपालद्वारा थाइल्यान्डलाई १ सय ३ रनको लक्ष्य / Nepal Vs Thailand

कार्तिक २१,धनगढी : अर्को वर्ष मलेसियामा आयोजना हुन लागिरहेको यु १९ महिला विश्व कपका लागि युएईमा आजबाट सुरु भएको यु १९ महिला विश्व कप छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ३ रनको लक्ष्य दिएको छ ।युएईको अजमानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रनको योगफल तयार गर्यो ।

नेपालका लागि कप्तान पुजा महतोले ४० बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३५, सोनी पाख्रिनले २५ बलमा १९ तथा सिमाना केसीले १९ बलमा नट आउट १९ रन जोडिन् । थाइल्यान्डकी सइमाले २ तथा सुनिसाले १ विकेट लिइन् ।कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, युएई, कुवेत र थाइल्याण्डको सहभागिता रहेको छ ।नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसॅंग खेल्नेछ । कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ । छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ ।

Leave a Reply