You are currently viewing यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : उपाधिका लागि पुरानै प्रतिद्वन्द्वि सुदूरपश्चिम र लुम्बिनी भिड्दै / Sudurpaschim Vs Lumbini

यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : उपाधिका लागि पुरानै प्रतिद्वन्द्वि सुदूरपश्चिम र लुम्बिनी भिड्दै / Sudurpaschim Vs Lumbini

कार्तिक २०,धनगढी: विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृती यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि साबिक विजेता सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ । सिङ्गल राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा ७ टोलीको सहभागीता रहेको थियो । लिग चरणको खेलमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानको लुम्बिनीले फाइनलमा स्थान बनाएका हुन् । अघिल्लो संस्करणमा पनि यी दुई टोली बीच नै फाइनल हुँदा सुदूरपश्चिम च्याम्पियन भएको थियो ।फाइनल खेल बुधवार विराटनगरमा रहेको गिरिजा प्रसाद कोइराला क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

लिग चरणको खेलमा सुदूरपश्चिम र लुम्बिनीले समान ५ खेलमा जित हासिल गरेका थिए । सुदूरपश्चिम प्रतियोगिताको पहिलो खेलमा पराजित भएको थियो । सुदूरपश्चिमले पछिल्लो ५ खेलमा लगातार जितका साथ फाइनलमा स्थान बनाएको हो ।सुदूरपश्चिम प्रदेश लिग चरणको पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो । लिग चरणमा लुम्बिनीले सुदूरपश्चिममाथि ४१ रनको जित हात पारेको थियो ।लिग चरणको सुरुवाती पाँच खेलमा लगातार जित हात पारेको लुम्बिनी मंगलवार भएको लिग चरणको अन्तिम खेलमा भने मधेश प्रदेशसँग पराजित भयो । कार्तिक १० बाट सुरु यस प्रतियोगितामा ७ प्रदेशको सहभागीता रहेको छ ।

Leave a Reply