कार्तिक २ धनगढी : यहि कार्तिक १० गतेदेखि विराटनगरमा सञ्चालन हुने नरेश श्रेष्ठ मेमेरियल वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगीताका लागि सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले १८ जना खेलाडीलाई बन्द प्रशिक्षण्मा बोलाएको छ । शुक्रबार एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले १८ जना खेलाडीहरुको नामावली सार्वजनिक गर्दै कार्तिक ४ गते फाप्ला खेल मैदानमा सम्पर्कमा आउन सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघलका सचिव लक्ष्मण भट्टद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
बन्द प्रशिक्षणमा बोलाइएका १८ खेलाडीहरुमा नरेन भट्ट,नरेन साउँद,हेमन्त धामी,युवराज खत्री,डम्मर माझी,कैलाश ऐर,आयुश दारीया,दिपेश बोहोरा,आयुष चन्द,आशिष लुहार,सचिन भट्ट,राजेश ऐर,योगेश सुतारा,सुदिप साउँद,सुमित बुडाल,अविशेक थापा,खगेन्द्र महारा र प्रकाश पाण्डेय रहेका छन । सुदूरपश्चिमले अक्टोबर २८ मा लुम्बिनी विरुद्ध खेल्दै प्रतियोगीताको शुरुवात गर्नेछ । दोश्रो खेल अक्टोबर २९ मा कर्णाली प्रदेश, अक्टोबर २९ मा गण्डकी प्रदेश,नोभेम्बर १ मा मधेश प्रदेश, नोभेम्बर ३ मा बाग्मती प्रदेश र लिग चरणको अन्तिम खेल नोभेम्बर ४ मा कोशी प्रदेश विरुद्ध खेल्नेछ । नोभेम्बर ६ सम्म सञ्चालन हुने प्रतियोगीतामा ७ वटै प्रदेशका टोली एक अर्का विरुद्ध खेल्नेछन । अंक तालिकाको पहिलो र दोश्रो स्थानमा रहेका टोली उपाधिका लागि खेल्नेछन ।
खेल तालिका