असोज,१९ धनगढी
आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यू–१९ टि–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले २० खेलाडी छनोट गरेको छ । संयुक्त अरब इमिरेट्समा आयोजन हुने उक्त छनोट खेलका लागि क्यानले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो । क्यानले शुक्रबार सार्वजनिक गरेको दोश्रो चरणको नामावलीमा सुदूरपश्चिम प्रदेशका २ खेलाडीले स्थान बनाएका छन । जस्मा स्नेहा महरा र सावित्री धामी रहेका छन ।
को हुन स्नेहा महरा ?
स्नेहा महारा सुदूरपश्चिमबाट उदाउँदै गरेकी महिला क्रिकेटर हुन । पछिल्लो समय क्रिकेटमा निरन्तर सकृय रहेकी स्नेहाले सन २०२२ मा मलेसियामा सम्पन्न यु १-९ प्रतियोगीतामा नेपाली टिममा उपकप्तानको जिम्मेवारी निभाएकी थिइन । त्यसपछि लगत्तै काठमाण्डैमा सम्पन्न प्रधानमन्त्री कप सिनियर प्रतियोगीतामा सुदूरपश्चिमबाट सहभागिता जनाएकी स्नेहाले ललितपुर महानगरपालिकाले आयोजना गरेको ललितपुर मेर्यसमा पनि सहभागि भैसकेकी छन ।
गत वर्ष स्नेहाले दुइ यु -१९ प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशको कप्तानी गरिन । पहिलो खेल बाग्मती प्रदेशले चितवनमा आयोजना गरेको मैयादेवि टि-२० प्रतियोगीतामा टिमलाई सेमिफाइनलसम्म पुगाउन सफल भइन भने गतवर्ष कोहोलपुरमा आयोजना भएको सुशिल कोइराला स्मृति कप टि-२० प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशलाई च्याम्पियन बनाइन ।
को हुन सावित्री धामी ?
उमेर समूहका प्रतियोगीतामा उत्कृट प्रदर्शन गर्दै छोटो समयमै आफूलाई चिनाएकी खेलाडी हुन सावित्री धामी । बैतडीमा जन्मे हुर्केपनि उनी पछिल्लो समय
कञ्चनपुरबाट सकृय रुपमा क्रिकेट खेल्दै आएकी छन ।
अन्तराष्ट्रिय प्रतियोगीतमा अनुभव नभएपनि घरेलु प्रतियोगीतामा उनी उच्च लयमा छिन । उनले हालसम्म प्रधानमन्त्री कप सिनियर प्रतियोगीतामा ,ललितपुर महानगरपालिकाले आयोजना गरेको ललितपुर मेर्यस टि-२० प्रतियोगीता बाग्मती प्रदेशले चितवनमा आयोजना गरेको मैयादेवि टि-२० प्रतियोगीता गतवर्ष कोहोलपुरमा आयोजना भएको सुशिल कोइराला स्मृति कप टि-२० प्रतियोगीतामा सहभागी हुँदै उत्कृष्ट प्रर्दशन गरेकी छन ।
विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले आगामी २१ कात्तिकमा थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।त्यसैगरी नेपालले दोस्रो खेल २२ कात्तिकमा कुवेत, २४ कात्तिकमा यूएई तथा २५ कात्तिकमा थाइल्याण्ड तथा २७ कात्तिकमा कुवेतसँग खेल्ने तालिका छ । नेपालले अन्तिम खेलमा २८ कात्तिकमा यूएईको सामना गर्नेछ । चार टोली सहभागी रहने उक्त छनोटमा शीर्ष स्थान हासिल गर्ने टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपका लागि छनोट हुनेछ ।