फाल्गुन ०७,धनगढी : तेश्रो संस्करणको कैलाली प्रिमियर लिगमा सहभागी हुने जोरायल गाउँपालिकाको टिम घोषण भएको छ । योगेश बहादुर भाट क्षेत्रीको कप्तानीमा बुधबार टिम घोषणा गरिएको हो ।

टोलीका अन्य सदस्यहरुमा दिपक कप्डेल,अयुब चन्द,सुदिप साउँद,दिनेश कप्डेल,निशान रेग्मी,दिपक रोकाया,लोकेश केसी,धर्मराज जोशी,संजय बोहरा,सौर्य श्रेष्ठ,बसन्त खत्री,सुनिल चन्द,किशोर कप्डेल,दिनेश रावत र डबल ऐर रहेका छन । टिमको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र दडिमाना क्षेत्री रहेका छन भने म्यानेजरमा जनक बोहरा रहेका छन । समूह बी मा रहेको जोरायल गाउँपालिकाको टिमसँगै पुनर्वास नगरपालिका बी र घोडाघोडी नगरपालिकाको टिम रहेको छ । जोरायल गाउँपालिकाकाले फाल्गुन ८ गते घोडाघोडी नगरपालिका र फाल्गुन ९ गते पुनर्वास नगरपालिका बीसँग खेल्दैछ ।

धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । पहिलो संस्करण कैलालीको टिकापुर नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । समूह ए मा गोदावरी नगरपालिका,पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका,समूह बी मा घोडाघोडी नगरपालिका,जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका बी,समूह सी मा त्रीवेणी गाउँपालिका,वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका,लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन ।

लिग कम नकआउटमा खेलाइने प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५ १५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?