You are currently viewing रबि लामिछाने माथि सरकारले प्रतिसोध साँधिरहेको छ – प्रचण्ड / @RabiLamichhane /@Prachand

रबि लामिछाने माथि सरकारले प्रतिसोध साँधिरहेको छ – प्रचण्ड / @RabiLamichhane /@Prachand

मंसिर २४,धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन्।

उनले लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।’ सहकारी ठगी गरेको आरोपमा लामिछानेलाई कातिक २ गते पक्राउ गरिएकाे थियाे।

Leave a Reply