You are currently viewing रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ जारी /@RabiLamichhane

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ जारी /@RabiLamichhane

जेठ ६,धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा जारी छ। लामिछानेका कानुन व्यवसायीहरूले अहिले बहस गरिरहेका छन्। यो रिट ६ पटकसम्म हेर्न नमिल्ने अवस्थामा परेको थियो। सर्वोच्च अदालतको इजलासमा न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकाल सुनुवाइ गर्दैछन्।

लामिछाने सहकारी ठगी प्रकरणमा रुपन्देही कारागारमा थुनामा छन्। जिल्ला अदालत रुपन्देहीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसको विरोध गर्दै पूर्वडीआईजी छविलाल जोशी सर्वोच्च अदालत पुगेका छन्।

लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छोड्ने आदेश जिल्ला अदालतले दिएको थियो, तर उच्च अदालतले त्यो आदेश उल्टाइदिएपछि उनी पुनः कारागार चलान भएका थिए। सर्वोच्च अदालतको आजको निर्णयले लामिछानेको थुनाका बारेमा अन्तिम निष्कर्ष दिन सक्ने छ, जसले यस प्रकरणको कानूनी दिशा तय गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply