You are currently viewing राज्यमन्त्री प्रकाशबहादुर बम सवार गाडी दुर्घटना / PrakashBahadurBam

राज्यमन्त्री प्रकाशबहादुर बम सवार गाडी दुर्घटना / PrakashBahadurBam

पौष ७,धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम सवार निजी कार दुर्घटनामा परेको छ। शनिबार बेलुका उपचारका लागि भारतको पलिया पुगेर धनगढी फर्किने क्रममा उनी सवार गाडी अर्को गाडीमा ठोकिएको हो। राज्यमन्त्री बमको परिवार स्रोतका अनुसार भारतको पलियाबाट फर्किने क्रममा उनी सवार गाडी दुधुवा टाइगर रिजर्भ क्षेत्रमा अर्को गाडीमा ठोकिएको हो।

गाडिमा राज्यमन्त्री बम,उनकी श्रीमती र परिवारका अन्य सदस्यहरु रहेको र उनीहरु सबैको अवस्था सामान्य रहेको राज्यमन्त्री बमका भतिजा चक्र बहादुर बमले जनाएका छन । घाइतेहरूको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार हुँदैछ।

Leave a Reply