You are currently viewing रात्रीकालिन सेवा विस्तार गर्न पाउनु पर्ने होटल व्यवसायीहरूको माग

रात्रीकालिन सेवा विस्तार गर्न पाउनु पर्ने होटल व्यवसायीहरूको माग

९भाद्र,२०८२ः होटल व्यवसायीहरूले धनगढीमा होटल सञ्चालन समय राति ११ देखि १२ बजेसम्म विस्तार गर्न माग गरेका छन्। अन्य प्रमुख शहरमा होटल तथा रेस्टुरेन्टहरू रातिसम्म सञ्चालन हुने परम्परा रहेकाले सुदूरपश्चिमको राजधानीमा पनि त्यस्तै सुविधा आवश्यक भएको व्यवसायीहरूको भनाइ छ।
व्यवसायीहरूका अनुसार काठमाडौँ, पोखरा, चितवन, बुटवल लगायतका प्रमुख शहरमा होटल, रेस्टुरेन्ट तथा बारहरू राति अबेरसम्म सञ्चालन हुने गरेका छन्। यसले मात्र पर्यटकलाई सहज सेवा दिने होइन, स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने गरेको छ।
धनगढीमा भने प्रशासनले तोकेको समय सीमा छोटो भएकाले होटल व्यवसायीलाई मात्र नभई पर्यटक र आम नागरिकलाई समेत असुविधा हुने गरेको उनीहरूको गुनासो छ।
“धनगढी सुदूरपश्चिमको मुख्य प्रवेशद्वार हो। यहाँबाट भारतीय पर्यटकसहित आन्तरिक यात्रुहरू आउने गर्छन्। तर, तोकिएको समय सीमा कम भएकाले धेरै पर्यटकले सेवा पाउन नसकेको व्यवसायीहरूले बताएका छन्। नाटा सुदूरपश्चिमका अध्यक्ष पदम बिक्रम सिंहले फेसबुक मार्फत “होटल व्यवसायीहरूले पर्यटक र आम नागरिकलाई गुणस्तरीय सेवा दिने उद्देश्यले होटल सञ्चालन गर्दै आएका छन। तर हालको समय सीमाका कारण व्यवसाय सञ्चालनमा कठिनाई भईरहेको छ। यस कारण, होटेल व्यवसायलाई सहज बनाउन तथा पर्यटकलाई समेत सेवा दिनका लागि होटल व्यवसाय कम्तीमा राति ११–१२ बजे सम्म सञ्चालन गर्न सम्बन्धित प्रशासनलाई अनुरोध गर्दछौं।“भन्दै होटल व्यवसाय लाई बिस्तारका लागि प्रशासन लाई आग्रह गरेका छन् ।
होटल व्यवसायीहरूको भनाइअनुसार, राति १२ बजेसम्म सञ्चालन गर्न पाउँदा पर्यटकलाई रात्रीकालीन सेवामा सहज हुने, स्थानीय युवाहरूलाई रोजगारी सिर्जना हुने र व्यवसायमै उत्साह थपिनेछ। त्यसैले, उनीहरूले धनगढीलाई पर्यटकीय एवं व्यापारिक केन्द्रका रूपमा विकास गर्न रात्रीकालीन सेवा सञ्चालनमा लचिलो नीति अपनाउन सम्बन्धित प्रशासनसँग आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply