You are currently viewing राना थारु समाजको केन्द्रीय अध्यक्षमा कमल सिंह राना र उपाध्यक्षमा कन्दकला राना निर्वाचित

राना थारु समाजको केन्द्रीय अध्यक्षमा कमल सिंह राना र उपाध्यक्षमा कन्दकला राना निर्वाचित

कार्तिक ४,धनगढी:नेपाल रानाथारु समाजको केन्द्रीय अध्यक्षमा कैलाली धनगढीका कमलसिंह राना निर्वाचित भएका छन् भने उपाध्यक्षमा धनगढी कै कन्दकला राना निर्वाचित भएकी छन । ७ औँ महाधिवेशनमा भएको निर्वाचनमा उनी राना अध्यक्षमा लोकप्रिय मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । कमलसिंह रानाले ३२९ मत मत प्राप्त गर्दा
अध्यक्षका अर्का उम्मेदवार ओमप्रकाश रानाले १० मत मात्रै पाए । अध्यक्षमा अन्य उम्मेदवारले पनि राम्रो मत पाउन सकेनन् । कल्लु रानाले ५ मत पाउँदा रवि राना र प्रेमवति रानाले १÷१ मत पाएका थिए । अर्का कल्लुराम राना र बहादुर रानाथारुले एक मत पनि पाएनन् ।

अहिलेसम्म सर्वसम्मत नेतृत्व चयन भएपनि पहिलो पटक चुनाव मार्फत नेतृत्व चयन गरिएको हो । कुल ६४६ मतदाता संख्या रहेकामा ३७५ मत खसेको थियो ।
अध्यक्षमा कमल सिंह राना निर्वाचित हुँदा उपाध्यक्षमा कन्दकला राना, डिठ्ठा राना निर्वाचित भए । कन्दकला राना धनगढी उपमहानगरपालिकाकी उपप्रमुख पनि हुन् । महासचिवमा तीर्थराज राना निर्वाचित हुँदा सचिवमा साहेब राना, भजना राना र कोषाध्यक्षमा चन्दा किरण राना निर्वाचित भएका थिए ।

सदस्यहरूमा अम्लेस राना, गोदावरी राना, दान सिंह राना, रमिता राना , लालमनी राना, शिवचरण राना, सरिता राना, सामु राना निर्वाचित भए ।निर्वाचनबाट १५ सदस्यीय कार्यसमिति चयन भएको छ । थप १ महिला र १ पुरुष मनोनीत गरिने व्यवस्था छ ।

Leave a Reply