You are currently viewing राष्ट्रपति रनिङ शिल्डको उपाधि घोडाघोडीलाई,स्वर्णविहीन बने सात पालिका /@15thRastrapatiRunningShield2081

राष्ट्रपति रनिङ शिल्डको उपाधि घोडाघोडीलाई,स्वर्णविहीन बने सात पालिका /@15thRastrapatiRunningShield2081

फाल्गुन १९,धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको घोडाघोडी नगरपालिकाले जितेको छ। कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालय पहलमानपुर र सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा आइबार सम्पन्न भएको प्रतियोगितामा घोडाघोडी नगरपालिकाले २५ स्वर्ण, १४ रजत र २० कांस्य गरी जम्मा ५९ पदक प्राप्त गरी प्रथम भएको हो। प्रतियोगितामा २४ स्वर्ण, ९ रजत र ५ कांस्य गरी ३८ पदक सहित धनगढी उपमहानगरपालिका दोस्रो र १२ स्वर्ण, १५ रजत र १२ कांस्य पदक गरी ३९ सहित गोदावरी तेस्रो भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा सहभागी अन्य पालिकामा गौरीगंगा नगरपालिकाले २९, लम्किचुहा नगरपालिकाले १३,टिकापुर नगरपालिकाले २२, मोहन्याल गाउँपालिकाले ६, जानकी गाउँपालिकाले ३, चुरे गाउँपालिकाले ३, बर्दगोरीया गाउँपालिकाले ३, भजनी नगरपालिकाले १ पदक जितेका छन् भने कैलारी गाउँपालिका पदक विहीन भएको छ ।

टीकापुर, मोहन्याल, जानकी चुरे बर्दगोरीया भजनी र कैलाली स्वर्णविहीन भए। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने जिल्ला खेलकुद समितिले जानकारी दिएको छ ।गत वर्ष धनगढीमा सम्पन्न भएको १४ औँ कैलाली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २२ स्वर्ण, १७ रजत र १७ कांस्य गरी ५६ पदक सहित घोडाघोडी नगरपालिका दोस्रो भएको थियो भने ३० स्वर्ण, ६ रजत र ९ कांस्य गरी ४५ पदक सहित धनगढी उपमहानगरपालिका पहिलो भएको थियो ।

प्रतियोगितामा विजेता समूहलाई घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावतले पदक तथा नगद पुरस्कार प्रदान गरेका थिए । ‘स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागी खेलकुद’ भन्ने मूल नाराका साथ बिहीबारदेखी कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा घोडाघोडी नगरपालिकाको सह–आयोजनामा प्रतियोगिता सुरु भएको थियो ।

कैलालीका १३ वटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडीहरू जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका थिए । प्रत्येक वर्ष धनगढीमा हुँदै आएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यो वर्ष कैलालीको घोडाघोडी नगरपालिका भित्रमा भएको थियो । उक्त कार्यक्रममा खेलकुद समितिले आगामी वर्ष हुने १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बर्दगोरिया गाउँपालिकामा हुने भएको छ

Leave a Reply