You are currently viewing राष्ट्रिय टोलीमा सुदूरपश्चिमको वर्चश्वो,८ खेलाडी टोलीमा समावेश /@NepaliCricket /@NepaliWomenCricket

राष्ट्रिय टोलीमा सुदूरपश्चिमको वर्चश्वो,८ खेलाडी टोलीमा समावेश /@NepaliCricket /@NepaliWomenCricket

माघ १४,धनगढी :यहि जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।

घरेलु मैदानमा आयोजना हुने त्रिकोणात्मक शृंखलाका लागि आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको १५ सदस्यीय टोलीमा सुदूरपश्चिम प्रदेशमा घर भई विभिन्न प्रदेश र विभागीय टोलीबाट व्यवसायिक क्रिकेट खेलिरहेका ८ जना खेलाडी राष्ट्रिय टोलीमा समावेश भएका छन । जसमध्ये बिन्दु रावल,कविता कुँवर र रेवती धामी सुदूरपश्चिम प्रदेशबाट नियमित घरेलु क्रिकेट खेलिरहेका छन भने ईश्वरी बिस्ट र सम्झना खड्काले यसैवर्ष क्यानबाट मान्यता पाएको त्रिभुवन आर्मी क्लबबाट खेलिरहेका छन । यी दुवै खेलाडीले अघिल्लो वर्षसम्म सुदूरपश्चिम प्रदेशबाटै राष्ट्रिय स्तरका प्रतियोगीता खेलेका थिए । त्यस्तै राजमती ऐरी र कविता जोशीको घर पनि सुदूरपश्चिम नै हो ।

उनीहरु दुवैजना विभागीय क्लब एपिएफबाट व्यवसायिक क्रिकेट खेलिरहेका छन । माघ १२ गते फाप्लामा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगीतामा उत्कृट बलर घोषित भएकी मनिषा उपाध्याय पनि सुदूरपश्चिम कै हुन । उनी पछिल्लो समय बाग्मती प्रदेशबाट व्यवसायिक क्रिकेट खेलिरहेकी छन । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघ क्यानका अध्यक्ष बाशुदेव जोशीले जुनसुकै प्रदेश वा विभागबाट खेल्दापनि सुदूरपश्चिम भनेर नाम जोडिएर आउँदा आफूलाई खुशी लाग्ने गरेको बताए । उनले महिला राष्ट्रिय क्रिकेट टोली बलियो बनाउन सुदूरपश्चिम प्रदेशको विशेष भूमिका रहेको बताएका छन ।

नेपालले जनवरी ३०,फेब्रुअरी २ र ५ मा नेदरल्यान्ड्स तथा, फेब्रुअरी १, ४ र ७ मा थाइल्यान्डको सामना गर्नेछ । नेपाल क्रिकेट संघ क्यानले धनगढीको फाप्ला खेल मैदानमा गत माघ १ गतेदेखि १२ गतेसम्म प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० प्रतियोगीता आयोजना गरेको थियो ।

नेपालले पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग खेल्नेछ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग ३ पटक खेल्नेछन् । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपालीको १५ सदस्सीय टोली

कप्तान इन्दु बर्मा, रुविना क्षेत्री,सीता रानामगर, विन्दु रावल, पूजा महतो,रेवती धामी, कविता कुँवर,सम्झना खड्का, ममता चौधरी,राजमति ऐरी, रोमा थापा, मनिषा उपध्याय, कविता जोशी, ईश्वरी विष्ट, एलिशाकुमारी यादव

Leave a Reply