You are currently viewing राष्ट्रिय फुटबलर अभिषेक लिम्बुले बंगलादेशको शिर्ष लिग BPL खेल्ने /@AbhishekLimbu

राष्ट्रिय फुटबलर अभिषेक लिम्बुले बंगलादेशको शिर्ष लिग BPL खेल्ने /@AbhishekLimbu

२३ श्रावण,२०८२ : नेपाली राष्ट्रिय फुटबल टोलीका युवा डिफेन्डर अभिषेक लिम्बुले बंगलादेशेको शिर्ष फुटबल लिग प्रतियोगिता बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्ने भएका छन् ।

अभिषेकले रहमतगंज एमएफएस (मुस्लिम फेण्डस सोसाइटी) का लागि बंगलादेशको शिर्ष फुटबल लिग खेल्ने भएका हुन् । व्यवसायीक फुटबल खेल्न बंगलादेश जाने कुरा अभिषेकले पनि पुष्टी गरेका छन् ।बंगलादेश जाने भएपछि खुशी र उत्साहित देखिएका अभिषेकले भन्छन्, “विदेशी लिगमा खेल्न पाउँदा उत्साहित छु । चुनौतिहरु पनि होलान्, तर क्लबका लागि आफ्नोतर्फबाट सकेको राम्रो नतिजा दिन प्रयास गर्नेछु ।”

साथै अभिषेकले नयाँ सिजनका लागि नियमित अभ्यास र बन्द प्रशिक्षण सेप्टेम्बरमा शुरु हुने बताउँदै क्लब फुटबलका लागि सेप्टेम्बरमा बंगलादेशतर्फ जाने बताए । उनले क्लबसँग एक सिजनका लागि सम्झौता गरेको समेत खुलाए ।

फिफा विश्वकप र एएफसी एसियन कप छनौटतर्फ गत वर्षको चैतमा बहराईन विरुद्ध खेल्ने राष्ट्रिय टोलीमा डेब्यु गरेका अभिषेकले क्लब फुटबलमा खुमलटार, संकटा, च्यासलका लागि ए डिभिजन तथा गत सिजनको नेपाल सुपर लिग एफसी चितवनबाट खेलेका थिए । त्यसबाहेक उनले नेपालका विभिन्न क्लबहरुबाट पनि व्यवसायीक फुटबल खेलिसकेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply