You are currently viewing राष्ट्रिय युवा संघ सुदूरपश्चिमले आकर्षक पुरस्कार राशीको खुला पुरुष भलिबल प्रतियोगिता गर्ने,टिम दर्ता खुल्ला

राष्ट्रिय युवा संघ सुदूरपश्चिमले आकर्षक पुरस्कार राशीको खुला पुरुष भलिबल प्रतियोगिता गर्ने,टिम दर्ता खुल्ला

चैत्र ११,धनगढी : राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। युवा संघ सुदूरपश्चिम प्रदेश कमिटीले चैत १९ गतेदेखि खुला पुुरुष भलिबल प्रतियोगिता गर्ने जनाएको हो।

प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरले राष्ट्रिय युवा संघ कप–२०८१ खुला भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए। चैत १९ गतदेखि २३ गतेसम्म धनगढीमा खुला पुरुष भलिबल प्रतियोगिता चल्ने कुँवरले बताए। प्रतियोगितामा पहिलो हुने टिमले दुई लाख २५ हजार, दोस्रो हुनेले एक लाख २५ हजार र तेस्रो हुुने टिमलाई ७५ हजार नगद पुरस्कार राशी प्रदान गरिने युवा संघले जनाएको छ। टिम दर्ताका लागि आह्वान गरेको युवासंघले दर्ता शुल्क रु. १२ हजार रकम तोकेको छ ।

Samarpan

Leave a Reply