You are currently viewing रास्वपा केन्द्रीय कार्यालयमा प्रहरीको बाक्लो उपस्थिति,कार्यकर्ताको पनि भीड बढ्न थाल्यो

रास्वपा केन्द्रीय कार्यालयमा प्रहरीको बाक्लो उपस्थिति,कार्यकर्ताको पनि भीड बढ्न थाल्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताको भीड जम्मा भएको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया प्रालिका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि उक्त पार्टीका नेता(कार्यकर्ताहरू बालाजुस्थित रास्वपा कार्यालयमा जम्मा भएका हुन् ।

सहकारी प्रकरणमा छानबिन समितिले कारबाही सिफारिस गरेका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछाने पार्टी कार्यालयमै नेताहरूसँग आन्तरिक छलफलमा छन् ।


स्रोतका अनुसार रास्वपाले सभापति लामिछानेलाई समेत आजै पक्राउ गर्ने आशंकापछि काठमाडौं उपत्यकाका पार्टी(कार्यकर्तालाई केन्द्रीय कार्यालयमा जम्मा हुन सर्कुलर जारी गरेको थियो । अहिले केन्द्रीय कार्यालय परिसरमा डेढ सयभन्दा बढी नेता-कार्यकर्ता जम्मा भएका छन् भने बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले आइतबार अपरान्ह पक्राउ गरेको थियो ।

Leave a Reply