रोहितकुमार पौडेल आफ्नो कप्तानी जिम्मेवारीमा फर्किए

६भाद्र,२०८२ः नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आफ्नो कप्तानी जिम्मेवारीमा फर्किएका छन्।
नेपालले टप इन्ड टी–२० सिरिजको मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जितमा दीपेन्द्रसिंह ऐरीले नेपालको कप्तानी गरेका थिए। तर, पाकिस्तान शाहीन्सविरुद्धको खेलमा उनी आफ्नो जिम्मेवारीमा फर्किएका हुन्। डार्बिनको मरारा क्रिकेट ग्राउन्ड २ मा पाकिस्तानी कप्तान इरफान खानले टस जितेका हुन्। योसँगै नेपालले फिल्डिङको निम्तो पाएको छ। नेपालले ५ खेल खेल्दा ३ हार र २ जितको नतिजा निकालेको छ।
यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१ रनले पराजित भएको थियो। होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top