You are currently viewing लेग स्पिनर सन्दीपले पाए अमेरिकाको भिसा,आजै अमेरीका उड्दै

लेग स्पिनर सन्दीपले पाए अमेरिकाको भिसा,आजै अमेरीका उड्दै

कार्तिक २ ,धनगढी : नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानले अमेरिकाको भिसा पाएका छन् । भिसा प्राप्त गरेसँगै लेग स्पिनर सन्दीप लामिछाने आजै अमेरिका प्रस्थान गर्ने भएका छन्।

अमेरिकी दूतावासले शुक्रबार भिसा दिएसँगै उनी आजै बेलुका अमेरिका प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ ( क्यान ) प्रवक्ता छुम्बी लामाले जानकारी दिएका हुन्। उनले २५ अक्टोबरदेखि अमेरिकामा हुने आइसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु टोली, नेपाल र स्कटल्यान्डबीच हुने त्रिकोणात्मक शृंखला खेल्ने छन्। नेपालले पहिलो खेल २७ अक्टोबरमा घरेलु टोलीसँग खेल्दै शृंखलाको सुरुआत गर्नेछन्।

२९ अक्टोबरमा नेपालले स्कटल्यान्ड र २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ। त्यसको दुई दिनपछि नेपालले स्कटल्यान्डसँग खेल्दै अमेरिका भ्रमण सक्काउनेछ। अलिे नेपाली टोली अमेरीकासँग ३ खेलके टि२० आइ सिरिज खेलिरहेको छ । आज भएको खेलमा नेपालले अमेरीकालाई १७ रनले पराजित गरेको थियो ।

Leave a Reply