You are currently viewing लोकपिय बन्दै गायक हरि दत्त फुलाराको ‘कस्तो यो मेरो बाध्यता हो’ ( भिडियो सहित )

लोकपिय बन्दै गायक हरि दत्त फुलाराको ‘कस्तो यो मेरो बाध्यता हो’ ( भिडियो सहित )

माघ २३,धनगढी : लामो समयदेखि गीत संगितको क्षेत्रमा सकृय गायक हरि दत्त फुलाराले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको गीतको भिडियो केहिदिन अगाडी उनले आफ्नै युट्युव एच.ड. फुलारा मार्फत सार्वजनिक गरेका हुन् । हालसम्म उक्त गीत युट्युबमा एक लाख छयाँलिस पटक हेरिएको छ ।

गीतमा फुलाराले स्वर सँगै संगीत पनि भरेका छन् । उनलाई संगीतमा भिम बिसीले साथ दिएका छन् । गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन् । गीतमा शब्द भने डिल्ली राज फुलाराको रहेको छ । गीतको समग्र पक्ष राम्रो रहेको भन्दै युटयुबमा सबैले सकारात्मक प्रतिक्रिया दिएका छन ।

 

गीतले आर्थिक अभावका कारण एक युवा रोगले ग्रसित वृद्ध बुवा र लालाबालालाई स्वदेशमै छाडेर विदेशीनु परेको बाध्यतालाई देखाइएको छ । भिडियोमा अभिनेता लोकप्रिय कलाकार गौरव पहारी र पबित्रा शाकी ९मिस पवि०लाई श्रीमान श्रीमतीको रुपमा देखाइएको छ । साथै वरिष्ठ कलाकार देशभक्त खनाल बुबाको भूमिकामा रहेका छन् ।गायक हरिदत्त फुलाराले यसअघि पनि दर्जन बढी गीत गाइसकेका छन् । उनी आफू संगीत क्षेत्रबाट टाढा हुन नसक्ने बताउँछन् । त्यसैले पनि अहिले आफ्नै लगानीमा यो गीत सार्वजनिक गरेको बताउँछन् । केशव विश्वकर्माले खिचेको गीतको भिडियोलाई नारायण मगरले सम्पादन गरेका हुन् ।

गीतका लागि तलको मा Link क्लिक गरौं

Leave a Reply