You are currently viewing वार्षिकोत्सव समारोहमा एथलेटिक्स खेलाडी र प्रशिक्षक सम्मानित

वार्षिकोत्सव समारोहमा एथलेटिक्स खेलाडी र प्रशिक्षक सम्मानित

१९ श्रावण,२०८२ : एथलेटिक्स परिवार नेपालको चौथो वार्षिक साधारण सभा एवं चौथो वार्षिकोत्सव सम्पन्न भएको छ । आइतबार सम्पन्न वार्षिकोत्सवमा त्रिभुवन आर्मी क्लबका धावक / धाविका खड्कबहादुर खड्का र पुर्णलक्ष्मी न्यौपाने तथा प्रशिक्षक सिताराम चौधरी र देवीबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

वार्षिकोत्सव समारोहमा किर्तिमानी धावक बैकुन्ठ मानन्धरको र सल्लाहाकार मोहन नेपाल, संघका अध्क्षय राजन खत्रीलगायतको उपस्थिति थियो । अध्यक्ष राजन खत्रीले आव२०८२/ ८३ को वार्षिक कार्यक्रम र बजेट तथा महासचिब मन्जु श्रेष्ठकोतर्फबाट बाबुराजा श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रेम महतले आयरव्यय विवरण प्रस्तुत गरेका थिए । एथलेटिक्स परिवार नेपालले आव २०८२/८३ मा चौथो राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट कार्तिक २७ देखि २९ गतेसम्म काठमाडौंमा, नेपाल रन ५ किमिच्यालेन्ज नेपालका विभिन्न पाँच स्थानमा असोजबाट र राष्ट्रिय मिक्स रिले रन पुसमा काठमाडौंमा सञ्चालन गर्ने भएको छ । यस्तै करिब १० वटा एथलेटिक्सका विभिन्नस्तरका प्रतियोगितामा प्राविधिक सहयोग गर्ने अध्यक्ष राजन खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply