वैशाख १७,धनगढी : धनगढी उपमहानगरपालिका–०४ स्थित ओमशान्ती टोलमा रहेको ग्ली एकेडेमी स्कूलले मोटिभेसनल ट्रेनिङ कार्यक्रम आयोजना गरेको छ। कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रम बुधबार धनगढी–०३ चटकपुरस्थित होटल पौवामा सम्पन्न भएको हो।
कार्यक्रममा नेपालका चर्चित प्रेरणादायी वक्ता डा। तारा जीले प्रशिक्षण गराएका हुन्। करिबन ३ घण्टाको समयमा डा.तारा जीले दैनिकी कसरी व्यवस्थित गर्ने,जिवनलाई कसरी सजिलो तरिकाले जिउने,आफ्नो लक्ष्यमा कसरी पुग्ने भन्ने बारे गहिरो ढंगबाट प्रशिक्षण दिएका थिए ।
कार्यक्रमबाट विद्यार्थीहरूलाई आत्मविश्वास, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको विद्यालयकी प्राचार्य शान्ति भट्टले बताइन्। कार्यक्रममा विद्यालयकी सहायक प्राचार्य तारा भट्ट पल्लवी,तहगत संयोजकहरु र सञ्चारक्रर्मीको उपस्थिति रहेको थियो ।
विद्यालयकी प्राचार्य शान्ति भट्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन कक्षा १० की छात्र आयुषा बिष्टले गरेकी सथइन । विद्यार्थीहरुको सत्र सकिएपछि डा.तारा जीले प्रभावकारी शिक्षण कसरी गराउने,शिक्षण सिकाई क्रियाकलापलाई कसरी रोचक बनाउने भन्ने बारे थप डेढ घण्टा विद्यालयका शिक्षकहरुलाई पनि प्रशिक्ष्ण गराएका थिए ।
नेपालका चर्चित प्रेरक वक्ता डाक्टर ताराजीको युट्युब च्यानलमा ४ लाख बढी अनुयायी रहेका छन्। डा। तारा जी चर्चित नेपाली प्रेरणादायी वक्ता तथा प्रशिक्षक हुन।उनको युट्युब च्यानलमा ४ लाख बढी अनुयायी रहेका छन्। डा तारा जी लामो समयदेखि नेपालका विभिन्न विद्यालय कलेज संघसंस्थामा personality development, public speaking, youth motivation, goal setting, र life skills जस्ता विषयमा तालिम दिँदै आएका छन्।
कार्यक्रमका थप केहि तस्वीरहरु :