सुदूरपश्चिम महोत्सवको १८औ संस्करणको विद्यालय स्तरीय नृत्य प्रतियोगितामा राइजिङ स्टार बन्यो नृत्य प्रतियोगितामा च्याम्पियन बनेको छ । विद्यालय स्तरीय नृत्य प्रतियोगितामा सहभागी सो स्कुलले प्रथम स्थान हासिल गरेको हो।
‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ उद्योग वाणिज्य संघद्वारा १८औ संस्करण मङ्सिर २२ गतेदेखि पौष ६ गतेसम्म धनगढीमा आयोजना गरिएको महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गर्न सफल भएको स्टार इङ्लिस बोर्डिङ स्कुलका प्रबन्धक निर्देशक कलेन्द्र शाहीले बताए।
राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल’लाई हिजो शनिबारका दिन महोत्सवको समापन समारोहमा पुरस्कार प्रदान गरिएको हो। यस्ता नृत्य प्रतियोगिताले विद्यार्थीको क्षमतामा विकास गर्ने भएकाले कैलाली उद्योग वाणिज्य सङ्घलाई राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलका प्रबन्धक निर्देशक शाहीले धन्यवाद दिए। राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलले बेलाबेलामा यस्ता कार्यक्रमहरूमा सहभागी हुने र विभिन्न किसिमका सम्मान पाउँदै आएको छ। राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यायल स्तरीय नृत्य तर्फ पछिल्लो ३ महिनामा ३ पटक प्रथम स्थान हाँसिल गरेको छ ।